बारा प्रहरीले ९ बिगाहा जग्गामा लगाएको गाँजा नष्ट

(नेपाल क्राईम)                                                             बारा प्रहरीले ९ बिगाहा जग्गामा लगाएको गाँजा नष्ट गरेको छ । उत्तरी भेग सिमराको नयाँ बस्ती क्षेत्रमा लगाइएको गाँजा नष्ट गरिएको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी सन्तोष तमाङले जानकारी दिए ।

इलाका प्रहरी कार्यालयले निजगढ नगरपालिका–१२ र  १३ नम्बर वडाको एरियामा चार तथा सिमरातर्फ गरी ९ बिगाहामा लगाएको गाँजा नष्ट गरेको हो ।