(नेपाल क्राईम)
कञ्चनपुरको लालझाडी गाउँपालिकाका एक जना भरुवा बन्दुकसहित पक्राउ परेका छन् । लालझाडी गाउँपालिका–३ का पुन्ना राना भरुवा बन्दुकसहित पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले घरमा अवैध एकनाले भरुवा बन्दुक लुकाएर राखेको फेला परेपछि रानालाई पक्राउ गरिएको बताइएको छ ।