नेदरल्यान्ड्सले दियो नेपाललाई  १५८ रनको लक्ष्य

(नेपाल क्राईम)                                                           त्रिदेशीय महिला क्रिकेट शृंखलाको पहिलो खेलमा नेपाली टिमले नेदरल्यान्ड्सबाट १५८ रनको लक्ष्य पाएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको डच टोलीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १५७ रनको योगफल खडा गरेको हो । नेदरल्यान्ड्सकी राविन रिकेले सर्वाधिक ५९ रन बनाइन् । अविजित रहेकी रेकीले ४८ बलमा आठ चौका प्रहार गरिन् ।हिथर सिगर्सले १९ बलमा एक चौका र एक छक्कासहित २३ रन बनाइन् । ओपनर स्टेरे कालिसले २९ रन थपिन् । इरिस ज्विलिङले १३ बलमा पाँच चौकासहित ३१ रन जोडिन् ।