(नेपाल क्राईम)
कैलालीमा नालामा एक युवकको शव भेटिएको छ ।
गौरीगंगा नगरपालिका–२ मोन्यालस्थित बेहेडाबाबा सडकखण्डको नालामा ४० वर्षीय फुलराम चौधरी बुधबार साँझ मृत फेला परेका हुन् ।
कैलाली प्रहरी प्रवक्ता डिएसपी कबिन्द्रसिंह बोहराले मादक पदार्थ सेवन गरेको अवस्थामा लडेर चौधरीको मृत्यु भएको हुन सक्ने बताए ।