जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ताको जिम्मेवारी एसपी बोहरालाई

(नेपाल क्राईम)

जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक अपिल राज बोहराले पाएका छन् ।

काठमाडौं प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले हिजो बुधबार एसपी बोहरालाई सूचना अधिकारी एवं प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

जिल्ला प्रहरी परिसरद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ र तथ्यगत सम्प्रेषण गर्न बोहरालाई प्रवक्ता तोकिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।