(नेपाल क्राईम)
डोटीमा शिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ । बिहीबार दिउँसो बडीकेदार गाउँपालिका–२ बर्छैनका २४ वर्षीय नरेश सार्कीको गोली लागेर मृत्यु भएको हो ।
बडीकेदार गाउँपालिका–१ बेडुपाटा खोलाकिनारमा शिकार खेल्न गएका रजेडका कमलसिंह खड्काले बोकेको भरुवा बन्दुक पड्किँएर सार्कीको दायाँ छातीमा गोली लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।