(नेपाल क्राईम)
प्रहरीले कैलाली जिल्लाको टिकापुरबाट सुन र चाँदीका गरगहनासहित दुई व्यक्तिलाई पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, प्रहरी टोलीले मंगलबार दिउँसो १२:३० बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा बाजुराको बुढिगंगा नगरपालिका–१० का २५ वर्षीय सुजन शाही र कैलालीको लम्की–चुहा नगरपालिका–४ की ३४ वर्षीया रम्भा जैशी रहेका छन्।