(नेपाल क्राईम) कैलालीमा रुखबाट खसेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका-१ की ५७ वर्षीया जोगादेवी साउदको रुखबाट खसेर मृत्यु भएको हो।सुखडमा सामान्य उपचारपछि निसर्ग अस्पताल धनगढी ल्याइएकी उनको हिजो राति नै उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।