दरबारमार्ग वृत्तबाट लुटिएको गोलीसहित २ पक्राउ

भदौ २४ गते दरबारमार्ग वृत्तबाट लुटिएको गोलीसहित काठमाडौंबाट प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दियाको बढैया गाउँपालिका-३ घर भई हाल काठमाडौँको कपनमा डेरा गरी बस्ने वर्ष १७ को अनिश गिरी र काठमाडौँको मालिगाउँ आनन्द भैरव मार्गमा बस्ने वर्ष १६ को सोनम थापा मगर रहेका छन् ।