(नेपाल क्राईम)
धनगढीमा घरायसी विवादका क्रममा भाइले सहाेदर दाजुकाे हत्या गरेका छन्। धनगढी उपमहानगरपालिका -१७ दिपनगर टाेल बस्ने लालबहादुर बाेहराकाे गएराति हत्या भएकाे प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले घरायसी विवादमा बाेहरामाथि उनकै सहाेदर भाइ प्रकाश बाेहराले कुटपिट गरेकाे बताए।
साे क्रममा उनकाे घाँटीमा कैँची प्रहार गरिएकाे थियाे। कैँची प्रहारबाट गम्भीर घाइते भएका बाेहरालाई राति नै धनगढीकाे निसर्ग अस्पताल पुगाइएकाे थियाे।
तर उनकाे उपचारका क्रममा मृत्युु भएकाे प्रहरी निरीक्षक खड्काले बताए