डीआईजी दानबहादुर कार्कीले पुस महिनामा लुम्बिनी प्रदेशका १२ जिल्लाले ४ करोडभन्दा धेरै रकम जरिवाना संकलन गरेको बताए

(नेपाल क्राईम)

लुम्बिनी प्रदेश प्रहरीले पुस महिनामा मात्रै ४ करोड ७७ लाख ९२ हजार ९ सय ५५ रुपियाँ जरिवाना संकलन गरेको छ ।

बुधबार पत्रकार सम्मेलन गरेर लुम्बिनी प्रदेश प्रहरीका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले पुस महिनामा लुम्बिनी प्रदेशका १२ जिल्लाले ४ करोडभन्दा धेरै रकम जरिवाना संकलन गरेको बताए । डीआईजी कार्कीले नेतृत्व सम्हालेपछि लुम्बिनी प्रदेशभित्रका जिल्लाहरूबाट एक महिनामै ४ करोड ७७ लाख ९२ हजार ९ सय ५५ रुपियाँ जरिवाना संकलन गरिदिएका छन् । लुम्बिनी प्रदेशका जिल्लाहरूमा रहेको बेथिति, अनियमितता र लापरबाहीलाई नियन्त्रण गर्ने क्रममा उनले ठूलो रकम जरिवानाबाट राजश्व संकलन गरिदिएका छन् ।

साउनदेखि पुस मसान्तसम्म ८ करोड ६७ लाख ७६ हजार ९ सय ९४ रुपियाँ जरिवाना संकलन भएको उनले बताए ।

डीआईजी कार्कीले लुम्बिनी प्रदेश प्रहरीको नेतृत्व सम्हालेपछि लुम्बिनी प्रदेशका जिल्लाहरूमा हुने तस्करी, अबैध कारोबार लगायतका गतिविधि क्रमशः नियन्त्रण हुन लागेको छ ।