(नेपाल क्राईम) कपिलवस्तुमा डाँका मुद्दामा ६१ वर्षसम्म कैद सजाय तोकिएका व्यक्ति प्रहरीले पक्राउ गरेको छ।
पाँच वटा मुद्दामा दोषी ठहर भएर पनि फरार रहेका कृष्णनगर नगरपालिका-१ गर्चिहवा बस्ने ५७ वर्षीय सोमई भन्ने प्रकाश कहारलाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई प्रहरीले पक्राउ गरी बिहीबार जिल्ला अदालत कपिलवस्तुमा पठाएर कारागार चलान गरिसकेको छ।
प्रहरीका अनुसार उनलाई ५ वटा मुद्दा लागेको छ । ६१ वर्ष कैद सजाय भएका फरार कहारलाई इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा कपिलवस्तुको गुर्चिहवाबाटैे पक्राउ गरिएको हो ।