(नेपाल क्राईम)
काठमाण्डूको कमलपोखरीस्थित शानदार मःम पसलमा ग्यास विस्फोटमा परी घाइते भएका थप एक जनाको पनि मृत्यु भएको छ ।
काभ्रेको बेथानचोक गाउँपालिका धुनखर्कका २५ वर्षीय छिरिङ लामाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो ।
योसँगै उक्त घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।