श्रीमतीद्वारा श्रीमानको हत्या

(नेपाल क्राईम)                                                                रुकुम पश्चिममा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन्। चौरजहारी नगरपालिका–२ निवासी ३२ वर्षीया दीपा कुमालले आफ्ना श्रीमान ४० वर्षीय मधु कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।  प्रहरीका अनुसार दीपाले मधुको टाउकोमा चिर्पटले हानेर हत्या गरेकी हुन् । गएराति  २ः३० बजे घरायसी विवादको कारण दीपाले चिर्पटले हानेर मधुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।