(नेपाल क्राईम) काठमाडौंको नागार्जुन नगरपालिकामा जेसीबीले ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा नागार्जुन नगरपालिका- ६ बस्ने पञ्चकुमारी तामाङकी ११ वर्षीया छोरी अनुसा छिन् ।उनलाई नागार्जुन नगरपालिका- ६ ह्वाइट गुम्बा नजिकै सडकमा बा २ क ६०८८ नम्बरको जेसीबीले शुक्रबार दिउँसो ठक्कर दिएको प्रहरीले जनाएको छ ।