एआइजी टेकबहादुर तामाङद्वारा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको निरीक्षण तथा निर्देशन

(नेपाल क्राईम)

काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङद्वारा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको निरीक्षण तथा निर्देशन दिएका छन् ।

निर्देशन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थाले अन्तर्राष्ट्रियस्तरमा राष्ट्रको सुरक्षाको स्तर झल्काउनुका साथै नेपाल प्रहरीको गरिमा समेत अभिबृद्दि गर्ने हुँदा अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत हरेक प्रहरी कर्मचारीले ‘जिब्रोको गरिमा मिठो बोलिमा’ भन्ने नारालाई व्यवहारमा लागु गर्दै हरेक नागरिकको समान सम्मान गर्नुका साथै मानव अधिकारको संरक्षण सँगै नागरिकमैत्री प्रहरीको भूमिका निर्वाह गर्नुपर्ने बताए ।