(नेपाल क्राईम)
कैलालीमा सामुदायिक विद्यालयमा पुगेर विद्यार्थीहरुलाई धर्म परिवर्तन गराएको आरोपमा चर्चका पास्टरलाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ मा रहेको लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्टराई रहेको प्रहरीले जनाएको छ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले भट्टराईलाई धर्म परिवर्तन गराएको अभियोगमा पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए।
उनकाअनुसार धर्म परिवर्तन शिर्षकमै किटानी जाहेरी लिएर इलाका प्रहरी कार्यालय लम्कीले अदालतबाट म्याद थपेर भट्टराईमाथि अनुसन्धान गरिरहेको छ।