नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको छ ।निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ११ पैसा र डिजेलमा १ रुपैयाँ ९ पैसा मूल्यवृद्धि भएको जानकारी आएपछि यो निर्णय लिइएको हो । नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ कायम भएको छ ।