(नेपाल क्राईम) करिब ९० लाख रुपैयाँ बराबरको बिलबिजक बिनाका औषधिसहित ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । । पर्साको वीरगञ्ज महानगरपालिका-०८ स्थित घण्टाघर चोकबाट उक्त ट्रक नियन्त्रण लिइएको हो ।नियन्त्रणमा लिइएका औषधि र ट्रक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ ।