कालीगण्डकी नदीमा पौडी खेल्न क्रममा डुबेर एक जना बेपत्ता

(नेपाल क्राईम)                                                                            कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर २ अर्वेनीका ४९ वर्षीय दिपेन्द्र न्यौपाने बेपत्ता भएका छन ।कात्तिक २७ गते मङ्गलबार साँझ पौडी खेलेर नदि पार गरिदिन्छु भन्दै नदीमा पसेको दिपेन्द्र बेपत्ता भएको स्थानीयहरुले जनाएका छन्।दिपेन्द्रको खोजी कार्यका लागि पुर्तिघाट प्रहरी चौकी र स्थानीय युवाहरुको टोली परिचालन भएको र खोजी कार्य जारी राखिएको छ ।