नेपाल प्रहरीका चार डीआईजी एआईजीमा बढुवा

नेपाल प्रहरीका चार डीआईजी एआईजीमा बढुवा भएका छन् । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरूको बढुवा गर्ने निर्णय गरेको हो ।

सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलका अनुसार सरकारले सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।उनीहरूलाई असोज १२ मा बढुवा समितिले एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।