(नेपाल क्राईम) ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यो वर्षकै बाक्लो हिमपात भएको छ। गएराति तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरालगायत क्षेत्रमा बाग्लो हिमपात भएको हो।
पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी तथा स्तानीय राजेन्द्र महतका अनुसार गत पुस महिना पहिलो पटक पाथीभरा क्षेत्रमा सामान्य हिमपात भएको थियो। त्यस्तै फागुन महिनामा दोस्रो पटक सामान्य हिमपात भएको थियो। गएराति भने निकै बाक्लो हिमपात भएको छ। ‘यसअघि भएको हिमपात माथिल्लो फेदीसम्म पुगेको थियो। तर अहिले हिमपात काफ्ले पाटीसम्म पुगेको छ। यस वर्षकै बाग्लो हिमपात भएको छ’, उनले भने।
पाथीभरा क्षेत्रमा बाक्लो हिमपात भएपनि पाथीभरा दर्शन गर्न जानुहुने तिर्थयात्रीलाई भने प्रभाव नपरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए।