एम्बुलेन्समार्फत अवैध गाँजा लैजादै गरेका दुई जना पक्राउ

मोरङको जहदा गाउँपालिका–३ हातिबन्दास्थित सडकमा एम्बुलेन्समार्फत अवैध गाँजा लैजादै गरेका दुई जना पक्राउ परेका छन् ।प्रहरीले एम्बुलेन्स चालक बिराटनगर-५ कोचाखलका ३२ वर्षीय दुर्गा प्रसाद राजवंशी र एम्बुलेन्सलाई स्कर्टिङ गर्दै गएको को.३१ प.८८८९ नं.को मोटरसाइकल चालक जहदा-३ हातिबन्दाका ३२ वर्षीय दिलिप कुमार राजवंशीलाई नियन्त्रणमा लिएको हो ।गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार स.१ च.६५६ नं.को एम्बुलेन्स चेकजाँच गर्दा उक्त गाडीमा दुईवटा कालो झोलामा लुकाइछिपाइ राखिएको अवस्थामा ३३.६१० केजी गाँजा फेला पारेको हो ।