टाटा सुमो गाडी दुर्घटना

मकवानपुर जिल्लाको बतासेमा यात्रुबाहक टाटा सुमो गाडी दुर्घटना भएको छ ।

बुधबार ईन्द्रसरोवर गाउँपालिका वडा नं. २ बतासेस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा टाटा सुमो गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । प्रहरी चौकी, खानीखेतबाट प्रहरी टोली दुर्घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेको छ ।

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको ना.१ ज ६९५६ नम्बरको टाटा सुमोको अचानक ब्रेक जाम हुँदा अनियन्त्रित भई बीच सडकमा पल्टिएको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।