सुनसरी सदरमुकाम इनरुवाबाट ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । शनिवार राती जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगरसहित चार जना कारोबारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका-६ का रोशन खड्का र लालबहादुर बिक, धादिङको थाक्रे गाउपालिका-१० का कुमार बिडारी, दोलखाको मेलुङ्ग गाउँपालिका-२ का राम आछामे रहेका छन् ।पक्राउ परेकाहरूको साथबाट १४.३५ ग्राम ब्राउन सुगर बरामद गरिएको उनले बताए ।