पर्सा प्रहरीले आज ठुलो परिमाणमा बिहीबार सुपारी बरामद गरेको छ ।
प्रहरी प्रमुख सुदिपराज पाठकको कमाण्ड खटिएको टोलीले वीरगन्जबाट करिब पौने पाँच करोड रुपैयाँ बराबरको सुपारी बरामद गरेको हो ।
सुपारी लोड तथा अनलोड भइरहेको अवस्थामा दुई कन्टेनर सुपारी बरामद गरिएको पर्साका प्रहरी प्रमुख एसपी पाठकले बताए ।
सोही छापाका क्रममा भन्सार छली ल्याइएको सुपारी अनलोड भइरहेको अवस्थामा ना ७ ख ७४२० नम्बरको ट्रेलर ट्रक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।