बिपी राजमार्ग अन्तर्गत काभ्रेमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।आइतबार बिहान नमोबुद्ध नगरपालिका–२ पातलेमा बागमती प्रदेश ०१–००६ ख ४८०८ नम्बरको बसले ठक्कर दिँदा सोही ठाउँका ८२ वर्षीय पोटबहादुर कटुवालको मृत्यु भएको हो ।अरनिको एक्सप्रेस बसका चालक काभ्रे प्रहरीको सम्पर्कमा पुगेका छन भने स्थानीयले क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरोध गरेका छन् ।