सशस्त्र प्रहरी बल, नेपाल नं. २१ दक्षिणकाली गणलाई ‘ललितपुर महानगर गौरव पुरस्कार’द्वारा सम्मान

ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. २१ दक्षिणकाली गणलाई ‘ललितपुर महानगर गौरव पुरस्कार’द्वारा सम्मान गरिएको छ ।

बुधबार प्रधानमन्त्री सुशीला कार्कीले महानगरपालिकाको प्राङ्गणमा भएको महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा गणलाई उक्त पुरस्कार प्रदान गरेकी हुन् ।