आईजीपी कार्कीले प्रहरी सहायक हवल्दार गुरुङका आफन्तलाई  सान्त्वना दिन घरमा पुगे

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले अमर प्रहरी सहायक हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेका छन् ।

आइतबार आईजीपी कार्कीले प्रहरी सहायक हवल्दार गुरुङका आफन्तलाई भेट गरेका हुन् । आइतबार आईजीपी कार्कीसहितको टोली कास्कीमा रहेको स्व.गुरुङको निवासमा पुगेर परिवारसँग भेट गर्नुका साथै तस्बिरमा श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

प्रहरी प्रभाग, कोटेश्वर, काठमाडौंमा कार्यरत रहेका प्रहरी सहायक हवल्दार गुरुङले गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा अमरत्व प्राप्त गरेका थिए । भदौ २४ गते जेनजी आन्दोलनका नाममा भएको प्रदर्शनका क्रममा प्रहरी सहायक हवल्दार गुरुङको प्रदर्शनकारीले हत्या गरेका थिए ।

आईजीपी कार्कीले मृतकका परिवारलाई सान्त्वना दिदैँ प्रहरी संगठन र राष्ट्रका लागि प्राण उत्सर्ग गर्ने वीर सपूतको अभिभावक हुनुमा गर्व गर्नुपर्ने बताएका छन् !