बोरामा पोको पारेर शव फालिएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले आज थप एक जना पक्राउ

(नेपाल क्राईम)

वाग्मती नदीमा बोरामा पोको पारेर शव फालिएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा मकवानपुर थाहा नगरपालिका–४ घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–७, माकलबारी बस्ने १९ वर्षीय पेम्बा लामा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।