नेपाल प्रहरीले प्रहरी निरीक्षक (ईन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा नयाँ भर्ना खोलेको छ ।
शुक्रबार सूचना जारी गरेर नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले जनपद प्रहरी समूहतर्फ रिक्त रहेका २१ ईन्स्पेक्टर र ४३८ असई पदमा नयाँ भर्ना खुलाएको छ ।
मानवस्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भार्ना छनोट शाखाले ईन्स्पेक्टर र असईमा नयाँ भर्ना खोलिएको जनाएको छ ।