लुम्बिनी बन्यो एनपीएलको नयाँ च्याम्पियन,

लुम्बिनी लायन्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । शनिवार सम्पन्न फाइनल खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।सुदूरपश्चिम रोयल्सले दिएको ८६ रनको लक्ष्य पछाएको लुम्बिनी लायन्सले ९ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।