बाँसगढी नगरपालिका ९ को चिसापानी चोकदेखि कुईनिठी जाने क्रममा ट्याक्टर अनियन्त्रित भएर बिहीबार बिहान १० बजे ट्याक्टर नालामा पल्टिएको थियो।
ट्याक्टर पल्टिएर गम्भीर घाइते भएका बाँसगढी नगरपालिका, ९ कुईनिठीका २३ वर्षीय विवेक थारूलाई उपचारका लागि बाँसगढी नगरपालिका बजारमा रहेको कौशिल्या अस्पतालमा लगिएको थियो । उपचारको क्रममा बिहान साढे १० थारूको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब निरीक्षक राघवसिंह राठौरले जानकारी दिए।