नापी कार्यालयका प्रमुखलाई दुव्र्यवहार गरेको आरोपमा नेकपा बहुमतका जिल्ला सेक्रेटरी पक्राउ

चितवनको खैरहनीस्थित नापी कार्यालयका प्रमुखलाई दुव्र्यवहार गरेको आरोपमा नेकपा (बहुमत)का जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । मंगलबार दिउँसो दुई जना व्यक्तिले नापी कार्यालयका प्रमुख शालिग्राम लम्साललाई दुव्र्यवहार गरेका थिए । उक्त घटनाको जिम्मेवारी नेकपा (बहुमत) चितवनले लिएको थियो ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालले अनुसन्धानका लागि भरतपुर–१० बस्ने नेकपा (बहुमत)का सेक्रेटरी ध्रुब खड्कालाई नियन्त्रणमा लिएको जानकारी दिए । डीएसपी खनालका अनुसार उनको साथबाट ९ थान पर्चा समेत बरामद भएको छ ।