प्रहरी परिसरको हिरासतबाट भागेका ज्ञान बहादुर बम्जन पक्राउ

जेनजी आन्दोलनका क्रममा भद्रकालीस्थित प्रहरी परिसरको हिरासतबाट भागेका ज्ञान बहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

बम्जनलाई ठमेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।जेनजी प्रदर्शनको मौका छोपेर उनी भागेका थिए । सिन्धुलीको दुधौली नगरपालिका–७ घर भएका ५४ वर्षीय बम्जन जीबी राईका जेठान हुन् ।