बाँकेमा सवारी  अव्यवस्थित पार्किङले ट्राफिक व्यवस्थापनमा चुनौती

(महेन्द्र सिंह  ) बाँके                                                     नेपालगन्जमा जथाभावी सवारीसाधन पार्किङ  हुँदा यसकाे व्यवस्थापनका लागि स्थानीय  पालिका र ट्रााफिक पुलिस भने उदासीन देखिएका छन ।

बजारमा सडकमै पार्किङ गरिएका मोटरसाइकल लगायतका सवारी  अव्यवस्थित पार्किङले ट्राफिक व्यवस्थापनमा चुनौती थपेको छ ।

अटो रिक्सा, पिकअप जिप र मोटरसाइकलको जथाभावी पार्किङले बजारमा सवारी जाम हुने समस्या थपिँदै गएको छ । निर्धारित समयको बेवास्ता गर्दै अटो रिक्सा   र  ट्रकले जथाभावी रोकेर सामान झार्दा बजार झनै अस्तव्यस्त बन्न थालेको छ ।

टेलिकम, मालपोत, नापी, त्रिभुवन चोक  तथा  अदालत, सहित अधिकांश कार्यालयमा स्थान भएर पनि सेवाग्राहीको सवारी भित्र लान दिइएको छैन । सेवाग्राहीले सडकमै सवारी पार्किङ गर्न गरेका छन ।

नेपालगन्जकाे पार्किङ  र फुटपाथ व्यवस्थापनमा उपमहानगरपालिका र  जिल्ला ट्रााफिक बाँकेका  इन्चार्ज पन्तले बेलैमा ध्यानदिन जरुरी देखिएको छ ।