(नेपाल क्राईम)
प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ मा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५० वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।
पीडित परिवारको उजुरीका आधारमा आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिएका छन ।पीडित परिवारले बिहीवार इलाका प्रहरी कार्यालय पशुपतिनगरमा जाहेरी दर्ता गरेका थिए । जाहेरी परेपछि आरोपितलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक सापकोटाले जानकारी जानकारी दिए ।