हेटौंडामा पैदलयात्रीको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडामा उपमहानगरपालिका–९ मास्टरचोकमा यात्रुवाहक बसको ठक्करबाट पैदल यात्रीको मृत्युु भएको छ ।

जनकपुरबाट काठमाडौँतर्फ आइरहेको बाप्र०३–००१ख २६५६ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री रुपन्देहीको देवदह नगरपालिका–८ का ३७ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको हो ।बसको ठक्करबाट गम्भीर घाइते बोहरालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेको मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।