मुस्ताङ भ्रमणमा आएका आन्तरिक पर्यटकको लागि सशस्त्र प्रहरी बल, नेपालले स्वास्थ्य परीक्षण र औषधी वितरण गरेको छ।
बुधबार विहानदेखि त्यसक्षेत्रमा पर्यटकहरुको अक्सिजन लेभल र रक्तचाप परीक्षण गर्नुकासाथै आवश्यक औषधी वितरण गरिएको हो।
सशस्त्र प्रहरी बल, नेपाल नं। ३३ गुल्म मुस्ताङले बुधबार विहान ९० महिला र ६० पुरुष गरी १ सय ५० जनाको अक्सिजन लेभल चेक गरेको थियो। यस्तै ६० महिला र ४० पुरुष गरी १ सय जनाको रक्तचाप परिक्षण गरिएको छ।