अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

अर्घाखाँची जीप दुर्घटनामा चार जनाको अवस्था गम्भीर अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

गुल्मी मदाने गाउँपालिका वडा नम्बर ६ पुर्कौटकी  १० वर्षीया अरूणा थापा र मदाने –७ नेटा खर्कका  १३ वर्षीय नारायण पौडेलको मृत्यु भएको छ ।

अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी दिवसबहादुर जिसीले दुर्घटनाका घाइते मध्य चार जनाको अवस्था गम्भीर रहेको  बताए।

बुटवलबाट अर्घाखाँची हुँदै गुल्मीको फुर्कौट तर्फ जाँदै गरेको लु १ ज ४७२४ नम्बरको जीप अनियन्त्रित भई सडकदेखि अन्दाजी ७० मिटर तल खसेको थियो।

सन्धिखर्क–ढोरपाटन सडक खण्डअन्तर्गत सन्धिखर्कबाट गुल्मी पुर्कौट दहतर्फ जाँदै गरेको उक्त जीप अर्घाखाँचीको सन्धिखर्क नगरपालिका– ९ टारीमा बिहान साढे ३ बजेतिर अनियन्त्रित भई दुर्घटनामा परेको थियो।