बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले राजीनामा दिए

बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् । उनले उपसभामुख अप्सरा चापागाईंसमक्ष आज राजीनामा पत्र बुझाएका हुन् ।

जेनजी आन्दोलनका क्रममा आगजनीबाट प्रदेशसभाको नयाँ र पुरानो दुबै भवन जलेपछि विषम् परिस्थितिकाबीच पदमा बसिरहन नैतिकताले नदिएको भन्दै उनले राजीनामा दिएका हुन् ।