कैलाली कारागारबाट भागेका २२६ जना कैदीबन्दी कारागार फर्किए

कैलाली कारागारबाट भागेका २२६ जना कैदीबन्दी कारागार फर्किएका छन् । भदौ २४ गते ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा कारागारबाट भागेका कैदीबन्दी फर्किएका हुन् । हालसम्म २७ महिला र १९९ पुरुष कैदीबन्दी कारागार फर्किएका जिल्ला कारागार कार्यालयका प्रमुख चिरञ्जीवी सापकोटाले जानकारी दिए । उनले केही कैदबन्दी भागेको भोलिपल्ट नै सम्पर्कमा आएका बताए ।