बाढीले प्रभावित व्यक्तिहरूको उद्धारमा खटिएका सशस्त्र प्रहरी बलका एक कर्मचारी घाइते भएपछि उनको उद्धार कार्य जारी छ ।सशस्त्र प्रहरीको २ नम्बर गुल्मबाट खटिएको टोलीका सदस्य थापा खोँचमा खसेर घाइते भएका थिए । उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको छ । यसअघि मङ्गलवार त्रिशूली नदीको रुखमा फसेका दुई जनाको पनि सोही तरिकाले उद्धार गरिएको थियो । घाइते थापालाई उद्धार गरी सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा उपचार गरिनेछ।