सप्तकोसी नदीमा पानीको सतह बढेपछि ३१ ढोका खोलिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार ब्यारेजको ५६ ढोकामध्ये अहिले ३१ ढोका खोलिएका हुन् ।
गएराति १० बजे गरिएको जलसतह मापनमा कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको थियो ।कोसी ब्यारेमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ । सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ ।