सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ सनिहल लाइनस्थित महाबु गेष्ट हाउसमा जुवा खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले उनीहरूको साथबाट नगद ४१ हजार ५ सय २५ रुपैयाँ र १२ बुक ताससमेत बरामद गरेको छ ।बिहीबार दिउँसो २ बजेको समयमा सोही ठाउँका एन बहादुर शाहीले सञ्चालन गरेको महाबु गेष्ट हाउसमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । पक्राउ पर्नेहरूमा सुर्खेत वीरेन्द्रनगर–७ बस्ने २४ वर्षीय हुकुम शाही, सोही ठाउँ बस्ने ३० वर्षीय हेमन थापा, वडा– ९ बस्ने ३४ वर्षीय हेमराज थापा र ३६ वर्षीय सुरेश केसी रहेका छन् ।पक्राउ परेका जुवाडेहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।