अमेरिकी डलर देखाएर ठगी गर्ने एक व्यक्ति पक्राउ

अमेरिकी डलर देखाउँदै ठगी गर्ने धन्दामा संलग्न ३४ वर्षीय बिष्णुबहादु भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमातहतको इलाका प्रहरी कार्यालय बाह्रबिसेले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो।

बाह्रबिसेको सुनकोशी क्षेत्रबाट पक्राउ परेका भण्डारीको साथबाट प्रहरीले ५० दरको १७ थान र १ दरको ५४८ थान अमेरिकी डलर बरामद गरेको छ।