राप्ती सोनारी बाँकेमा निर्माणाधिन अस्पताल केही समयमा सञ्चालनमा आउँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राप्ती सोनारी बाँकेमा १५ शैयाको अस्पताल भवन निर्माण कामको पूरा भई हस्तान्तरण गर्न मात्र बाँकि रहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा उनले अस्पताल भवन निर्माणको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट सम्झौता बराबरको पूरा रकम पठाई सकेको भन्दै हस्तान्तरण पछि संचालनमा आउने बताए ।

उनले भने, ‘बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नं. ४  मा राप्ती सोनारी बाँकेमा १५ शैयाको अस्पताल भवन निर्माणको कामको लागि बोलपत्र आह्वान गरिएकोमा सम्झौता रकम १० करोड ३९ लाख ९० हजारमा सम्झौता भई कार्य भएको र आ.व. २०८०।०८१ सम्म कुल खर्च ९ करोड ६३ लाख १३ हजार र चालु आ.व. २०८१।०८२ को कुल निकासा ७६ लाख ७७ हजार गरि आ.व. २०८१।०८२ सम्म यस स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट सम्झौता बराबरको पुरा रकम पठाईएको साथै यस मन्त्रालयलाई प्राप्त जानकारी अनुसार भौतिक प्रगति १००  प्रतिशत रही हस्तान्तरण गर्न बाँकि रहेको र हस्तान्तरण पछि संचालनमा आउने छ ।