ठूलो परिमाणमा चरेशसहित महिला  पक्राउ

(नेपाल क्राईम)

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चरेश जस्तो देखिने १ किलो २५ ग्राम कालो पदार्थसहित महिलालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कृष्णनगरले कृष्णनगर नगरपालिका वडा नं. २ ट्रान्समिटरबाट लागुऔषध चरेशसहित ३० वर्षीया सरस्वती बि.क.लाई पक्राउ गरिएको मंगलबार जारी प्रेस नोटमा उल्लेख छ ।

सोमबार प्रहरी निरीक्षक (ईन्स्पेक्टर) सुशील के.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ पैदल हिँडेर जान लागेकी शान्तिलाई खानतलासी गर्ने क्रममा चरेश बरामद गरेको थियो ।