बाँकेमा ट्रक र टिपर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु

बाँकेमा ट्रक र टिपर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका-२ मुगुवा खोला नजिकै ना ५ ख ३६१० नम्बरको ट्रकमा भे १ ख ३१६९ नम्बरको टिपर ठोक्किएर बुधबार बिहान दुर्घटना भएको हो ।दुर्घटनामा टिपरमा सवार सोही गाउँपालिका-१ सिक्टा बस्ने ३० वर्षीय भुपबहादुर केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।