एक वर्षमा डडेलधुरामा ७७ वटा सवारी दुर्घटना

एक वर्षमा डडेलधुरामा ७७ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन् भने कैयौँ घाइते भएका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेलधुराका अनुसार मृत्यु हुनेमध्ये ६ जना पुरुष, ६ जना महिला र २ जना बालबालिका रहेका छन् ।‘सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति, नियम उल्लङ्घन र चालकको लापरबाही हो,’ ट्राफिक कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक (प्रनानि) हर्क बहादुर साउदले भने ।